कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन भएको छ । बिपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उहाँ नेपाल तरुण दलको महामन्त्री हुनुहुन्थ्यो । पछि बिपीसँगै पक्राउ परेर छुटेपछि उहाँ विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएको थियो ।

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिनुभएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौं महानगरको प्रधानपञ्च बन्नुभएको थियो ।

ADVERTISEMENT

कांग्रेस नेताहरू दमननाथ ढुंगाना सहितका नेताका समकक्षी चित्रकार काठमाडौंका प्रधानपञ्च भएपछि भने राजनीतिमा सक्रिय हुनुहुन्थेन । चित्रकार प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने अण्डरपास निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *