नवौं राष्ट्रिय खेलकुद : ९९ पदकसहित आर्मी शीर्ष स्थानमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ।

सोमबार बेलुकासम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदकसहित ४९ पदक जितेको छ। अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कास्य पदक सहित कुल ५९ पदक जितेका छन्।

बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्य सहित कुल ४५ पदक र गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदक सहित ३० पदक जितेका छन्।

ADVERTISEMENT

एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य जितेका छन्।

लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदुर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदक सहित ३ पदक हात पारेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?