अमेरिकाको म्याडिसनमा नेपाली साहित्य साँझ सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

विस्कन्सिन । संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ सम्पन्न भएको छ । नेपाली-अमेरिकी मैत्री संघ (नाफा)ले प्रवासमा रहेर साहित्य सिर्जना गर्ने सर्जक, संस्कृति प्रेमीबीच आपसी भेटघाटको उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

अबिमन पसछेंलेकोे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष कवि वसन्त श्रेष्ठको प्रमुख अतिथ्यिता रहेको थियो । कार्यक्रमको प्रारम्भ सन्तोष पौडेल र पर्वत रेग्मीले स्वागत मन्तव्यका साथ गर्नुभएको थियो । कार्यक्रममा बाल साहित्य पुरस्कार वितरण गरिएको थियो । विजय मल्ल साहित्य पुरस्कारको प्रतियोगितामा भागलिने प्रतियोगीमध्ये लेखनाथ काफ्ले प्रथम, जीवन खड्का दोस्रो र अप्सरा गिरी भारतीले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा कविहरू जीवन खड्का, सुष्मा श्रेष्ठ, भीम पुडासैनी, प्रमोद आचार्य, कल्पना रिजाल, बिकी गुरुङ, अप्सरा गिरी, अर्चना धाख्वा, लेखनाथ काफ्ले, सुजाता गौतम एवं गणेश श्रेष्ठले कविता वाचन गर्नुभएको थियो भने बालबालिकातर्फबाट आन्या पाण्डेय, आर्जु पुडासैनी, आर्जन पुडासैनी, आभा भारती, आरोश सुवेदी, खुशी श्रेष्ठ, जुना रिजाल, नील पाण्डेय, प्रसंग कटुवाल, प्रियासा गुरागाईं, पुरन बराल, युभान थापा, समिका पौडेल, सान्भी पाण्डे, सुहानी पाण्डे तथा सुयोग ज्ञवालीले पनि कविता वाचन गर्नुभएको थियो । बालबालिकातर्फबाट ओजस्वी पसछें र सुहानी पाण्डेले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा अर्चना धाख्वा तथा निकिता मिश्र पाण्डेयले बाल साहित्य संयोजन गर्नुभएको थियो ।

‘नाफा विजय मल्ल साहित्य पुरस्कार’ प्रतियोगताका बारेमा विजय मल्लकी सुपुत्री वन्दना मल्ल श्रेष्ठले पुरस्कारको औचित्यबारे प्रकाश पार्नुभएको थियो । यस्तै कृष्णदास मल्लका स्मृतिमा स्थापित ‘नाफा बाल साहित्य पुरस्कार’ का प्रायोजकका तर्फबाट सुपुत्री धन मल्ल श्रेष्ठले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे धारणा राखनुभएको थियो ।

कार्यक्रममा अप्रतियोगी कवि तथा कवयित्रीहरूमा राजेन्द्र अर्याल, अबिमन पसछें, सीता अर्याल, मित्र पौडेल, गंगा मल्ल श्रेष्ठ, दिनार श्रेष्ठ, निकिता मिश्र पाण्डेय एवं प्रकास भट्टले कविता वाचन गर्नुभएको थियो । सहभागी प्रतियोगी सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ADVERTISEMENT

प्रतियोगितात्मक कार्यक्रमामा निर्णायकको भूमिकामा नेपालबाट सुलोचना मानन्धर धिताल, धीरेन्द्र प्रेमर्षि तथा विनोद अधिकारी हुनुहुन्थ्यो भने आन्तरिक निर्णायकमा सीता अर्याल, मित्र पौडेल तथा गंगा मल्ल श्रेष्ठ रहनुभएको थियो । विजय मल्ल साहित्य पुरस्कार प्रतियोगीहरूका कविता वाचनपछि निर्णायक धीरेन्द्र प्रेमर्षिको प्रेरणात्मक सन्देश सुनाइएको थियो ।

यसैगरी सो अवसरमा कोठे कविता प्रतियोगिताको संयुक्त प्रायोजनमा प्रकाशित ‘अपराध-सुधार’ कविता संग्र्रहको सीता अर्याल, राजेन्द्र अर्याल, दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति एवं राधा सिजापतिले संयुक्त रूपमा ‘अपराध-सुधार’ कविता संग्र्रह विमोचन गर्नुभएको थियो । एकबहादुर क्षत्रीबले उक्त कृतिबारे संक्षिप्त मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि वसन्त श्रेष्ठले संक्षिप्त समीक्षा गर्नुभएको थियो । समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपाली भाषा साहित्य र कलाको संरक्षण, संवद्र्धन र विकासका लागि अमेरिकन मैत्री संघले गरेका विविध कार्यक्रमबारे प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा ‘नाफा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ कृष्ण सिजापति तथा उहाँकी धर्मपत्नी राधा सिजापतिलाई प्रदान गरिएको थियो । यसैगरी ‘सगरमाथा प्रज्ञा पुरस्कार’ अमेरिकामा नेपाली समुदायका बालबालिकाहरूलाई नेपाली भाषा सिकाएर कक्षा सहसञ्चालकको रूपमा नेपाली भाषाको सम्बद्र्धन एवं डायस्पोरिक नेपाली भाषासाहित्य तथा संस्कृतिको श्रीवृद्धिमा मन, वचन र कर्मले लामो समयदेखि विशिष्ट योगदान पुर्‍याउने आविष्कार भारतीलाई प्रदान गरिएको थियो ।

यसैगरी रेन्युएबल एनर्जी ग्रुपद्वारा प्रायोजित ‘नाफा छात्रवृत्ति’का संयोजन नम्रता डंगोलले गर्नुभएको थियो । सो छात्रवृत्ति नम्रता डंगोल, ब्रायन कोकर र डना वेमेट्बाट ओजस्वी पसछेंलाई प्रदान गरिएको थियो ।

करिब ६ घण्टा चलेको कार्यक्रममा नाफाका पूर्वअध्यक्षहरू कृष्ण सिजापति, श्रीधर रानाभाटलगायत करिब १०६ साहित्यप्रेमी तथा अनुरागी व्यक्तित्वहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *