लेवान्डोस्की बार्सिलोना अनुबन्ध नजिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् ।

बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ ।

लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए ।गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष आग्रह गरेका थिए । बायर्नले भने उनको प्रस्ताव अस्विकार गर्दै आएको थियो ।

ADVERTISEMENT

जाभीको टोलीले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता दुई वर्षका लागि नविकरण गरेको थियो । बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाले शुक्रबार लिड्स युनाइटेडका राफिन्हालाई भित्राएको थियो । बार्सिलोनाले राफिन्हालाई ६७ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

लेवान्डोवस्कीले बायर्नबाट लगातार आठ पटक बुन्डेसलिगाको उपाधि जितेका थिए । उनी सन् २०१४ मा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट बायर्नमा भित्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?