विश्वकप छनोटमा नेपालको लज्जास्पद हार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । युएईसँग नेपाल आठ रनमै रोकिएको थियो । नौ रनको लक्ष्य युएईले १.१ ओभरमा पूरा गर्‍यो ।

युएईकी थीर्थ सतिश चार बलमा चार रन र लवन्य केनी चार बलमा तीन रनमा अविजित रहँदै खेल टुंग्याउनुभएको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८.१ ओभरमा सबै विकेट गुमाएर आठ रनमात्रै जोड्यो । नेपालका लागि स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन, मनिषा रानाले दुई, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगरले एक-एक रनमात्रै जोड्न सक्नुभयो ।
लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ६ खेलाडीले खाता खोल्न सक्नुभएन । अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसाकुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी शून्य रनमै आउट हुनुभयो । युएईकी महिका गौरले चार ओभरमा दुई मेडनसहित दुई रन खर्चेर पाँच तथा इन्धुजा नन्दका कुमारले चार ओभरमा ६ रन खर्चेर तीन विकेट लिनुभयो ।

ADVERTISEMENT

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्यान्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । नेपाली यु-१९ महिला टोलीमा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?