अमेरिका भ्रमणका लागि नेपाली टोली घोषणा

Read Time = 3 mins

काठमाडौं । अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला ओडिआई सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपालले यसै महिनाको अन्तिममा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ ।
दुवैसँगको सिरिज अमेरिकामा हुनेछ । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल हुनुहुन्छ ।

अमेरिकामा नेपालले जेठ २६ गते ओमान, जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग गरी दुई÷दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

घोषित नेपाली टोलीमा किशोर महतो, सुनिल धमला र आदिल अन्सारीले पहिलोपटक ओडिआई टोलीमा स्थान बनाउनुभएको छ । तीव्र गतिका बलर किशोर महतोले जिम्बाबे ‘ए’ सँगको तेस्रो एकदिवसीय अभ्यास खेलमा पाँच विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि उहाँ टोलीमा पर्नुभएको हो । नेपालले दुई साताअघिमात्रै जिम्बाबे ‘ए’ सँग घरेलु मैदानमा एकदिवसीय र टी-२० शृंखला खेलेको थियो ।

ADVERTISEMENT

सुनिल धमलाले २०१७ पछि जिम्बाबे ‘ए’ विरुद्ध राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको थियो । धमलाले जिम्बाबे ‘ए’ सँगको दोस्रो अभ्यास खेलमा ३८ रन बनाउनुभएको थियो । आदिल अन्सारीले जिम्बाबेविरुद्धको टी-२० टोलीमा उत्कृष्ट ब्याटिङ गर्नुभएपछि उहाँलाई मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टोलीमा समेट्नुभएको हो ।

नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?