बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गर्ने तीन जनाविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको दाबीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्धा दायर गरिनेमा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सीडीई ओमराज ढुंगाना छन् ।

गोरखा नगरपालिका-३ को खोलामाथि पक्की पुल बनाएको तर सो क्षेत्रमा बाटै नभएको खुलेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अख्तियारले आइतबार विशेष अदालतमा तीन जनाविरुद्ध भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको हो ।

गोरखा नगरपालिका-३ जरेवरस्थित दरौदी नदीमाथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको दाबी गर्दै अख्तियारले मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासँग पाँच करोड ४५ लाख ५२ हजार ६७१ रूपैयाँ ५४ पैसा बिगो कायम गरी कैद, जरिवाना र हानिनोक्सानी भएको बिगो उनीबाट असुल उपर हुनसमेत मागदाबी लिई मुद्दा दायर गरेको हो ।

ADVERTISEMENT

यस्तै तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठविरुद्ध पनि पाँच करोड ४५ लाख ५२ हजार ६७१ रूपैयाँ ५४ पैसा बिगो कायम गरी कैद, जरिवाना र हानिनोक्सानी भएको बिगो उनीबाट असुल उपर हुनसमेत मागदाबी लिई मुद्दा दायर गरिएको छ ।

साथै पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजन इन्जिनियर ओमराज ढुंगानाले बदनियत पूर्वक गुरु योजना, ग्रामीण सडक, सहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको एकापट्टि रहेको पहुँच मार्ग सामुदायिक वन क्षेत्रमा कथित पुल निर्माणको नाममा वनको अनुमति बेगर सार्वजनिक वन क्षेत्रको जथाभावी प्रयोग गरी बाटो निर्माण गराई राज्यको सम्पत्ति दुरुपयोग गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज