अख्तियारद्वारा तत्कालीन प्रधानाध्यापकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमको एक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । रुकुमपश्चिम मुसीकोट नगरपालिकाका स्थित श्री शाइकुमारी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्दबहादुर केसीसहित सात जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दयार गरिएको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विभिन्न व्यक्ति तथा समितिलाई विद्यालयको रकम कानुनविपरीत लगानी गरी दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको हो । बागबजार रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष केसी र तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न मितिमा निर्णय गरी गराई शिक्षा नियमावलीविपरीत विद्यालयको आठ लाख ९४ हजार रुपैयाँ विभिन्न व्यक्ति, सडक निर्माण समिति र वन उपभोक्ता समूहसमेतलाई ऋण कर्जा दिएको अभियोगपत्रमा उल्लेख छ ।

ऋण दिइएको उक्त रकम फिर्ता नगरी नगराई खाईमासी बदनियतपूर्वक नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

ADVERTISEMENT

त्यसैगरी, बागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया केसीले पनि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ । केसीले विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी विद्यालयको आठ लाख रुपैयाँ बाटो निर्माण गर्न लिई बाटो निर्माण नगरी उक्त रकम विद्यालयको खातामा दाखिल समेत नगरी खाईमासी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।

साथै उक्त विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा बागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष द्रोणबहादुर खत्रीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

खत्रीले विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी नियमविपरीत विद्यालयको रकम सडक निर्माण उपभोक्ता समितिको नाममा आफैँै लिई सो रकमबाट सडक निर्माण गर्नुपर्नेमा नगरी तथा विद्यालयबाट सापटी भनी लिएको रकम फिर्ता नगरी आठ लाख ४८ हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज