मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मोरोक्को ३६ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

कतारमा जारी विश्वकपअन्तर्गत बिहीबार राति भएको समूह चरणको तेस्रो खेलमा क्यानडालाई २-१ गोलले हराउँदै मोरोक्को अन्तिम १६ मा प्रवेश गरेको हो।

यससँगै उसले सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो।

अल थुमाना स्टेडियमा मोरोक्कोलाई जिताउन हाकिम जियच र एन नेसरीले एक/एक गोल गरे। मोरोक्कोका अगुर्डले गरेको आत्मघाती गोल क्यानडाका लागि सान्त्वना गोल बन्यो।

ADVERTISEMENT

मोरोक्कोले यसअघिका दुईमध्ये एक खेलमा जित निकालेको थियो भने अर्को एक खेलमा बराबरी खेलेको थियो।

यो जितसँगै मोरोक्को समूह ‘एफ’ को विजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको हो। उसले तीन खेलमा सात अंक जोड्यो।

मोरोक्कोले पहिलो खेलमा साविक उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भने फिफा विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० ले स्तब्ध पारेको थियो।

मोरोक्को यसअघि सन् १९८६ मा मात्रै अन्तिम १६ मा पुगेको थियो। विश्वकप २०१८ को उपविजेता क्रोएसियालाई उछिन्दै मोरोक्को समूह विजेता बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?