नेपाल-हंगेरी सांस्कृतिक कार्यक्रम सम्पन्न

Read Time = 4 mins

काठमाडौं । ‘नेपाल-हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ सम्पन्न भएको छ । नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौंमा नेपाल-हंगेरी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

बरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा उद्योगपति अरुणकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरू हंगेरी राजदुताबासबाट मरियन यार्दो, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, समाजसेवी लायन महेन्द्र पौडेल, समाजसेवी अर्जुन खड्का, गीतकार चलचित्र निर्माता अनु शाह, कलाकार देबी थापा ओली, नेपाल हंगेरी चेम्बर अफ कमर्सका उपाध्यक्ष टंक नाथ पौडेल, महासचिव शान्तकुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्रकुमार बिसुराल, सदस्यहरू चेतबहादुर सिंह, सुमन महर्जन, अम्बरबहादुर रायमाझी, काजिबहादुर श्रेष्ठ, दुर्गा बिसुराल, प्रतिक्षा पोखरेल, संदीपा थापा, नरेन्द्रकुमार मूल र सुरेश डंगोललगायत अन्य विशिष्ठ व्यक्तित्व, पत्रकार तथा दर्शकहरूको उपस्थित थियो ।

मौलिक कला संस्कृति आदानप्रदान कार्यक्रमले गर्दा दुई देशीय अन्तर सम्बन्धलाई प्रगाड बनाउने कुरा वक्ताहरूले कार्यक्रममा राखेका थिए भने नेपालमा संस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरीयन कलाकारहरूले खुशी व्यक्तसमेत गरेका थिए । एक घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारहरूले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा नेपालका कलाकारहरूले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए । हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारलाई नेपाल-हंगेरी चेम्बर्स अफ कमर्सको तर्फबाट सम्मान गरिएको थियो ।

ADVERTISEMENT

आगामी दिनहरूमा दुई देशबीच यस्तै मौलिक कला संस्कृतिलाई प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुई देशबीचको व्यापार प्रवद्र्धनलाई अझ सुदृड बनाउने र पर्यटनलाई समेत टेवा पुग्ने कुरा नेपाल हंगेरी चेम्बर अफ कमर्सका महासचिव शान्तकुमार श्रेष्ठले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?