काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित हुनु भएकाे छ ।
मंगलवार राष्ट्रिय सभा बैठकमा भएकाे मतदानमा उहाँका प्रतिस्पर्धी सांसद युवराज शर्मालाई पछि पार्दै सांसद दाहाल राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे ।
ADVERTISEMENT
राष्ट्रियसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत-परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहनुभएका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्नुभयो ।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी हुनुभयो भने एक सांसद तटस्थ बस्नुभएको थियो । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम हुनुहुन्छ ।
This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts