एजेन्सी । युभेन्ट्सलाई पराजित गर्दै एसी मिलान इटालियन सुपर कपको उपाधिनजिक पुगेको छ । साउदी अरबमा शुक्रबार भएको सेमिफाइनलमा युभेन्ट्सलाई दुई-एक गोलअन्तरले पराजित गर्दै एसी मिलन फाइनल पुगेको हो ।
युभेन्ट्सले पहिलो हाफमा टर्कीका स्ट्राइकर केनान यिल्डिजको गोलमार्फत् सुरुवाती अग्रता लिएको थियो । ७१औँ मिनेटमा क्रिश्चियन पुलिसिकले पेनाल्टीबाट मिलानलाई बराबरीमा फर्काउनुभयो । त्यसको पाँच मिनेटपछि युभेन्ट्सका डिफेन्डर फेडेरिको गाट्टीले आफ्नै पोस्टमा गोल गरेपछि मिलान फाइनलमा पुगेको हो ।
योसँगै मिलानले फाइनलमा सिटी प्रतिद्वन्द्वी इन्टरको सामना गर्ने पक्का भएको छ । बिहीबार भएको अर्को सेमिफाइनलमा एटलान्टालाई हराउँदै इन्टर मिलानले फाइनलमा स्थान बनाएको थियो । मिलान र इन्टर सोमबार रियादमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इन्टरले पछिल्ला तीन सुपर कप जितेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts