काठमाडौं । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी-१० प्रतियोगिताको दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन् । काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न मंगलबारका सातवटा खेलहरूमा टिम बिडिएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समाण्डु विजयी भएका छन् ।
मंगलबारको पहिलो खेलमा समूह ‘सी’ अन्तर्गत टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेटले पराजित ग¥यो । ७९ रनको लक्ष्य पछ्याउने क्रममा टिम बिडिएसले चार विकेट गुमाएर ९ दशमलब ३ ओभरमा लक्ष्य पूरा ग¥यो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले २९ रन बनाउनुभयो । सबै चार खेलमा जितपछि टिम बिडिएस समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ भने सबै चार खेलमा पराजित स्याङ्जा बाहिरिएको छ ।
मंगलबारको दोस्रो खेलमा समूह ‘ए’ अन्तर्गत तारकेश्वर युथ क्लबले हसनटार युथ क्लबलाई ११ रनले पराजित गर्यो । ५० रनको लक्ष्य पाएको हसनटारले ३८ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित दीपक रेग्मीले तीन विकेट लिनुभयो । मंगलबारको तेस्रो खेलमा समूह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई सात विकेटले पराजित गर्यो । ५६ रनको लक्ष्य थानकोटले ३ दशमलब २ ओभरमा विकेट नगुमाई पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाउनुभयो । दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् ।
मंगलबारको चौथो खेलमा समूह ‘सी’ अन्तर्गत हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई चार विकेटले पराजित गर्यो । ५२ रनको लक्ष्य हिमालयन क्रिकेट एकेडेमीले आठ दशमलब ४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित जयन्त विष्टले एक विकेट लिनुका साथै १७ रन बनाउनुभयो ।
मंगलबारको पाँचौँ खेलमा समूह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले (सिइसी) चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्यो । ८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्तीले ३६ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका राज बमले तीन विकेट लिनुका साथै १४ रन पनि बनाउनुभयो । जितपछि क्रिकेट एक्सिलेन्स सेन्टर तीनवटै खेलमा जितका साथ क्वाटरफाइनल पुगेको छ ।
मंगलबारको छैटौँ खेलमा समूह ‘डी’ अन्तर्गत मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्यो । ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्सले ३७ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित मिक्समाण्डुका नवीन यादवले १४ रन बनाउनुका साथै दुई विकेट पनि लिनुभयो । समूह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी समूह विजेता र मिक्समाण्डु समूह उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेका छन् ।
मंगलबारको सातौँ खेलमा समूह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्ज सेन्टरले (सिइसी) युथ हसनटार क्लबलाई ४८ रनले पराजित गर्यो । ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रनमात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच घोषित राज बमले ४० रन बनाउनुभयो । हसनटार चार खेलमा एकमात्र जितपछि क्वाटरफाइनल दौडबाट बाहिर भएको छ ।
पाँचौँ दिनको खेलपछि हालसम्म समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी), समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समूह ‘सी’ बाट टिम बिडिएस, समूह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समाण्डु क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत छैटौँ दिन बुधबार पनि लिग चरणका ६ वटा खेलहरू हुनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा