च्याङग्रेमा माघ एकबाट दोश्रो गोल्डकप फुटबल प्रतियोगिता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा दोश्रो नकआउट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गत बर्षबाट सुरु प्रतियोगिताअन्तर्गत दोश्रो संस्करणकारुपमा आगामी माघ एक गतेबाट गोल्डकप प्रतियोगिता हुन लागेको हो ।

पौवादुङमा गाउँपालिका खेलकुद विकास समिति च्याङग्रेको आयोजना तथा गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिताको तयारी थालिएको खेलकुद विकास समितिका अध्यक्ष चोल प्रसाद आलेले बताउनुभयो । नाइन ए साइडकारुपमा हुने प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत माग गरिएको छ । पुष २१ गते खेल तालिका प्रकाशित गरिने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले उपाधीसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आलेले जानकारी दिनुभयो ।

यस प्रतियोगिताले पालिकाको खेलकुद गतिबिधि तथा विकासमा समेत टेवा मिल्ने गाउँपालिका अध्यक्ष किरण राईको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *