काठमाडौं । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
डिसेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाउनुभएको छ । डुवाना भने हंगेरी पुगिसक्नुभएको छ ।
टोली प्रमुखमा दिलिप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन तथा अफिसियलमा जगत्मान श्रेष्ठ र जयप्रकाश भट्टराई रहनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts