काठमाडौं । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक समाजका संस्थापक, साहित्यकार, मानवपुस्तकका संस्थापकमध्ये एक विष्णुप्रसाद पन्तको सभापतित्व, मानव पुस्तक व्यक्तित्व प्राडा.महादेव अवस्थीको प्रमुख आमन्त्रित आतिथ्य, मानव पुस्तक व्यक्तित्व प्राडा.रामप्रसाद ज्ञवालीको विशिष्ट आमन्त्रित आतिथ्यमा सुशीला शर्मा धमलाको उद्घोषणसँगै मानव पुस्तकालय कार्यक्रम आयोजना भयो । कलानिधि दाहालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा मानवपुस्तक व्यक्तित्व द्वयका अनुभूति सुनाउने काम भयो ।
त्यसपछि रचनावाचन र शुभकामना मन्तव्य सँगसँगै अगाडि बढाइयो । रचनावाचन र शुभकामना व्यक्त गर्ने व्यक्तित्वहरू-भागीरथी ज्ञवाली, विजयध्वज थापा, जानुका गुरागार्इं, मेनुका आचार्य दंगाल, सुशीला शर्मा धमला, प्रार्थना खनाल, महेशप्रसाद रिजाल, सुन्दर खड्का, प्रयागराज वाशिष्ठ, नन्दकृष्ण जोशी, दुर्गा अधिकारी भमरकोटे, कल्पना दाहाल, निर्मला भट्टराई, मिसन अधिकारी, मञ्जुश्री प्रधान, थरेन्द्र बराल, कृष्णप्रसाद बस्याल, ठाकुर भण्डारी, राजेन्द्र भट्ट हावा, हरिभक्त सिग्देल (मानवपुस्तकका संस्थापकमध्ये एक) रहनुभएको थियो ।
समालोचक तथा कवि युवराज मैनालीले धन्यवाद मन्तव्य दिएपछि सभापति विष्णुप्रसाद पन्तले कार्यक्रम समापन गर्नुभएको थियो । यसभन्दा पहिलेको कार्यक्रममा मानव पुस्तकका रूपमा प्राडा.कुलप्रसाद कोइराला रहनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा