नवलपरासी । बर्दघाट प्रज्ञा प्रतिष्ठानको दोस्रो वार्षिक उत्सवको अवसरमा "बर्दघाट प्रज्ञा दर्पण" पत्रिकाको विमोचन गरिएको छ । प्रतिष्ठानका संरक्षक तथा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले दर्पणको विमोचन गर्दै बर्दघाटको सांस्कृतिक, शैक्षिक, र पर्यटन प्रवर्द्धनमा प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले आफ्नो मन्तव्यमा बर्दघाटको पहिचान उच्च बनाउँदै पर्यटन क्षेत्रमा प्रतिष्ठानले गरेको प्रचारप्रसारले नगरको विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । उहाँले प्रतिष्ठानले सबै वडामा पुगेर प्रतिभा खोज्ने कार्य र घुम्ती शिविर जस्ता अभियानले स्थानीय स्तरमा नयाँ सम्भावनाहरू उजागर गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले प्रतिष्ठानको प्रयासप्रति आभार व्यक्त गर्दै संस्थाको आगामी गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सुझाव राख्नुभएको थियो। त्यस्तै दाउन्नेदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रलाल न्यौपानेले प्रज्ञा प्रतिष्ठानले नया नया प्रतिभाको खोजी गर्दै यस क्षेत्रका कलाकर्मीहरुलाई प्रतिष्ठानले समेट्ने काम गरेको बताउनु भयो ।
समारोहको अध्यक्षता प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको रहेको कार्यक्रममा उपकुलपति टीका पहारीले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सचिव शरद पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा कुलपति न्यौपानेले बर्दघाट प्रज्ञा प्रतिष्ठानले स्थानीय प्रतिभा पहिचान, संस्कृति संरक्षण, र साहित्यिक गतिविधिहरू प्रवर्द्धन गर्दै आएको बताउनु भयो । वार्षिक उत्सवमा विभिन्न रचनाहरु प्रस्तुति रहेका छन् । प्रतिष्ठानको उद्देश्यमाथि थप विश्वास र ऊर्जा प्रदान गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts