काठमाडौं । समालोचक प्राडा.गोपीन्द्र पौडेलको नियात्रासंग्रह ‘यात्राको धुन’ को लोकार्पण गरिएको छ । प्रगतिशील लेखक संघ नेपालको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । उक्त समारोहमा समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न देश गरी १० देशमा घुमेर उहाँले लेख्नुभएको नियात्रासंग्रह ‘यात्राको धुन’ले आफू विदेश नगए पनि विदेश भ्रमण गराएको स्मरण गर्नुभयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेल सुरुवाती चरणमा उहाँले सुरु गर्नुभएको निबन्ध र सिर्जनामा फर्किनुभएको आफूले पाएको बताउनुभयो । अहिले नेपालमा उस्तै उस्तै प्रकृतिका सिर्जना आउने गरेको सन्दर्भ जोड्दै उहाँले नेपाली मौलिकता झल्किने गरी पुस्तक आउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा लेखक पौडेलले उहाँले नियात्राभित्र यथार्थ र कल्पना हुने कोरा कल्पना नभएर यथार्थपरक कल्पनाको व्यंग्य यसभित्र रहेको बताउनुभयो । नियात्राका लागि चाहिने गुणहरू समाज, संस्कृति, जनजीवनका पक्ष र पाटाहरू आंशिक रूपमा पुस्तकमा रहेको उहाँको भनाइ थियो । विदेशमा घुमिरहँदा वा न्युयोर्कको टाइम्स स्क्वायरमा घुमिरहँदा देखिएको नग्न संस्कृति सबै चिजप्रति आफू संवेदनशील भएको बताउनुभयो ।
समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यय, प्रगतिशील लेखक संघका उपमहासचिव बालमुकुन्द कार्की, प्रा.तेजविलास अधिकारीलगायतले लेखक पौडेलको व्यक्तित्व र कृतिका बारेमा चर्चा गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts