काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा त्रिभुवन आर्मी र नेपाल एपीएफ फुटबल क्लबबीचको विभागीय डर्बी २-२ को बराबरीमा सकिएको छ । यो नतिजासँगै ११ खेलमा १७ अंक जोडेको एपीएफ छैटौं स्थानमा कायम छ । यता आर्मी पनि समान खेलबाट नौ अंकका साथ १०औं स्थानमा कायम छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार आर्मीका लागि रुस्तम थापामगर र अनुभव पुरी तथा एपीएफका लागि सञ्जय योञ्जन र सुनिल थिङले गोल गर्नुभएको थियो । खेलको पाँचौं मिनेटमा रुस्तमको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । २४औं मिनेटमा सञ्जयले खेललाई बराबरीमा ल्याउनुभयो ।
त्यसको सात मिनेटपछि नै सुनिलले गोल गर्दै एपीएफलाई अगाडि बढाउनुभयो । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अर्जुन सुनारले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो ।
अनुभवले ६५औं मिनेटमा आर्मीलाई दुई-दुई को बराबरीमा ल्याउनुभयो । त्यसको एक मिनेट पनि बित्न नपाँदै आर्मी १० खेलाडीमा समेटियो । दिगविजय शाहीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता