लण्डन । लण्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ । आइतबारमात्रै इंग्लिस प्रिमियर लिगमा युनाइटेडसँग एक-एकको बराबरी खेलेको चेल्सीले बिहीबार राति भएको खेलमा अर्मेनियाली क्लब एफसी नोआलाई ८-० गोलअन्तरले पराजित गरेको हो ।
गत सिजन लुडोगोरेट्सलाई ७-१ ले हराउँदै नर्ड्सजेल्याण्डले ठूलो जितको कीर्तिमान बनाएको थियो । तर, घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा जोआओ फेलिक्स र क्रिस्टोफर एनकुन्कुले दुई-दुई गोल गरेपछि चेल्सी उक्त कीर्तिमान भंग गर्न सफल भएको हो ।
जितसँगै अपराजित रहेको चेल्सी कन्फरेन्स लिगको शीर्ष स्थानमा उक्लेको छ । चेल्सीले तीन खेलबाट नौ अंक जोडेको छ । अन्य पाँच टोलीको पनि समान अंक छ । तर, उत्कृष्ट गोल अन्तरका कारण चेल्सी तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो ।
उसले तीन खेलबाट नौ अंक पुर्याएको छ । १२औं मिनेटमा तोसिन अडाराबियोयोले कर्नर किकबाट आएको बललाई हेडरमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसको एक मिनेटपछि मार्क गुइउले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाउनुभयो । १८औं मिनेटमा एन्जेलो फर्नान्डिजको पासमा एलेक्स डिसासीले गोल गर्दै खेल ३-० मा पुर्याउनुभयो ।
फर्नान्डिजकै पासमा फेलिक्सले २१औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ४-१ मा पुर्याउनुभयो । ३९औं मिनेटमा माइखाइलो मुड्रिकले अर्को गोल गर्नुभयो । त्यसको दुई मिनेटपछि फेलिक्सले व्यक्तिगत दोस्रो र टोलीका लागि छैटौं गोल गर्नुभयो ।
पहिलो हाफमा ६ गोल गरेपछि चेल्सीले ६९औं मिनेटमा फ्रान्सका नकुन्कुले सातौं गोल गर्नुभयो । ७६औं मिनेटमा उहाँले नै पेनाल्टी प्रहार गर्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गर्दै कीर्तिमानी जित दिलाउनुभयो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता