काठमाडौं । आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु-१९ टी-ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।
छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रवीन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल हुनुहुन्छ ।
त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर पनि छनोट हुनुभएको छ ।
विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छभने कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्नेछ । नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छभने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा युएईसँग खेल्नेछ ।
चार टोली सहभागी रहने उक्त छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा