जेनेभा । फिफाले न्युयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ । कुल ३२ क्लबले मर्सिडिज बेन्ज स्टेडियम (एटलान्टा), बैंक अफ अमेरिका स्टेडियम (शार्लोट), टिक्युएल स्टेडियम (सिनसिनाटी), रोज बाउल स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी), जिइओडिआइएस पार्क (न्यासभिल), क्याम्पिङ वल्र्ड स्टेडियम (ओर्लान्डो), इन्टर एन्ड को स्टेडियम (ओर्लान्डो), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लुमेन फिल्ड (सिएटल) र अडी फिल्ड (वासिङ्टन, डिसी) मा प्रतिस्पर्धा गर्नेछन् । साथै न्युयोर्कको मेटलाइफ स्टेडियमले फाइनल खेल आयोजना गर्नेछ । प्रतियोगिता सन् २०२५ जुन १५ मा सुरु हुनेछ र फाइनल खेल जुलाई १३ मा हुनेछ ।
‘फुटबल हाल विश्वमा सबैभन्दा लोकप्रिय खेल हो । सन् २०२५ मा क्लब फुटबलका लागि नयाँ युग सुरु हुनेछ । फिफाले संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो, समावेशी र योग्यतामा आधारित विश्वव्यापी क्लब प्रतियोगिता आयोजना गर्नेछ,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भन्नुभएको छ ।
बत्तीस टोलीमध्ये दुई टोलीको अझै पुष्टि हुन बाँकी रहेकाले फिफाले डिसेम्बरमा एउटा दक्षिण अमेरिका र अर्को संयुक्त राज्य अमेरिकाबाट ड्र गर्नेछ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts