लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राती भएको खेलमा युनाइटेड टोटनहृयामसँग ३-० ले पराजित भएको हो । टोटनहृयामको जितमा ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गर्नुभयो । जोनसनले खेलको तेस्रो मिनेटमै गोल गर्दै टोटनहृयामलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
४७औँ मिनेटमा कुलुसेभस्कीले अग्रता दोब्बर बनाउनुभयो भने ७७औँ मिनटमा सोन्लके तेस्रो गोल गर्दै सानदार विजय सुनिश्चित गर्नुभयो । हारसँगै १२औँ स्थानको युनाइटेडले अंक तालिकामा सुधार गर्ने मौका गुमाएको छ । युनाइटेडको ६ खेलबाट सात अंक छ । टोटनहृयामको समान खेलबाट १० अंक छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता