काठमाडौं । नेपाली क्रिकेट टोली आइसिसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको हो । भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । नेपालले भ्रमणमा रहँदा श्रीलंका डेभलपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपालले रोहितकुमार पौडेलको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरिसकेको छ । उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख र कुशल मल्ल हुनुहुन्छ । यसैगरी सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने टोलीमा हुनुहुन्छ ।
यी हुन् एनपिएल खेल्ने आठ टोली
नेपाल प्रिमियर लिग(एनपिएल) का लागि आठ फ्रेन्चाइजी शहरको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार एनपिएलको पहिलो संस्करणमा सहभागी रहने आठ फ्रेन्चाइजीको टुंगो लगाएको जनाएको हो । एनपिएलमा सहभागी रहने फ्रेन्चाइजी शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं र पोखरा छन् । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् । क्यानको बोर्ड बैठकले बिहीबार पहिलो संस्करणको एनपिएलमा आठ टोली सहभागी रहने निर्णय गरेको थियो । पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता