पुतलीबजार नगरपालिकाद्वारा तीज गीत प्रतियोगिता आयोजना, दुर्गानगर समूह प्रथम

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाले महिलाहरुको महान् पर्व तीजको अवसरमा नगरपालिकास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।

स्याङ्जाको सिटी हलमा शुक्रबार आयोजित उक्त तीज गीत प्रतियोगितामा दुर्गानगर आमा समूह वडा नं १ प्रथम भएको छ । त्यस्तै महिला सञ्जाल समूह वडा नं १ दोस्रो र एकता उद्दमी समूह वडा नं ९ तेस्रो भएका छन् । सान्त्वना अन्नपूर्ण आमा समूह वडा नं ६ भएको छ भने नृत्यमा दुर्गानगर आमा समूहले नै सर्वोत्कृष्ट स्थान हासिल गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राजु थापाले तीजलाई भड्किलो नभई मौलिक र मितव्ययी बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले महिला दिदीबहिनीहरुका पीडा र वेदनाका स्वरहरु गीतमार्फत् उजागर हुनु सकारात्मक भएको भन्दै प्रतियोगीहरुलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गीतमार्फत् महिलाहरुले समाज र राष्ट्रका विभिन्न तहमा सम्मानजनक भूमिका खोजिरहेकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

ADVERTISEMENT

२७ वटा समूहको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष रामचन्द्र ढकाल, उपाध्यक्ष लिला पौडेल र महासचिव बालकृष्ण शर्मा हुनुहुन्थ्यो ।

उक्त प्रतियोगितामूलक कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति श्रीप्रसाद जिटी, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाली काङ्ग्रेस पुतलीबजारका सभापति सुरजकुमार अधिकारीलगायतको उपस्थिति थियो ।

पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पुतलीबजार नगरपालिका शिक्षा शाखाकी प्राविधिक सहायक शोभा बस्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज