धनगढी । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडी पाटनका सुरेन्द्रसिंह विष्ट नियुक्त हुनुभएको छ । । लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको विधान अनुसार विष्टलाई सुदूरपश्चिम प्रदेशको अध्यक्ष मनोनयन गरेको पत्र दिनुभएको छ ।
कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलडीसमेत रहनुभएका सुरेन्द्रले पछिल्लो समय महिला आत्मरक्षा तालिम प्रमुख प्रशिक्षकको भूमिकामा रही देशभरि कार्यक्रम गर्दै आउनुभएको थियो । उहाँले नेदरल्यान्डबाट आत्मरक्षासम्बन्धी तालिम प्राप्त गर्नुभएको थियो ।
तालिमपछि उहाँले महिल तथा बालबालिका हिंसाविरुद्ध सैद्धान्तिक तथा व्यापारिक ज्ञान दिँदै आउनुभएको छ । विष्ट केभारेएक कुरोदय सेल्फ डिफेन्स पार्सल आरसे संघका संस्थापक महासचिव तथा प्रमुख प्रशिक्षक पनि हुनुहुन्छ ।






