काठमाडौं । साहित्यिक पत्रकार संघले सात वरिष्ठ साधकलाई ‘सापस विशिष्ट सर्जक सम्मान’द्वारा अभिनन्दन गर्ने भएको छ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भुसाल, रामबाबु सुवेदी र डा.दुवसु क्षेत्री रहनुभएको छ ।
यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक/अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’लाई सापस विशेष सिर्जना सम्मान तथा सर्जक बाबुराम श्रेष्ठलाई सापस प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ ।
सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक, पद्मावती सिंह र प्राज्ञ उन्नति बोहरा ‘शीला’ सदस्य रहेको सिफारिश समिति बनेको थियो । उहाँहरू सबैलाई आगामी साउन २९ गते अभिनन्दन र सम्मान गरिने जनाइएको छ ।
संघले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जंगम, डा.जगमान गुरुङ, गीताकेशरी, मदनदास श्रेष्ठ, मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के.के.कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा.सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हीरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी.कोइराला र डी.आर.उपाध्यायलगायतलाई सम्मान तथा पुरस्कार अर्पण गरिसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts