काठमाडौं । वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुनेभएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने हुनुभएको हो । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गर्नुभएको छ ।
निर्देशकमा मुनाल शिशिर कोइरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिनुभएका निर्देशक कोइरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यु गर्न लाग्नुभएको छ । मेघा सिरिजको रूपमा निर्माण हुने ‘जस्ट लभ’मा कथ, पटकथा, सवाद र गीतसमेत कोइरालाकै रहने जनाइएको छ ।
बालदीप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रीति सिवाकोटी, विनिता दाहाल, मुनाल शिशिर कोइराला, सुभाष शाह, विशाल डंगोल, समीक्षा सानुलगायत कलाकार छनौट भएको सिरिजका लागि केही कलाकार छनौटको क्रममा छन् ।
हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायांकन र प्रचार तथा सम्पादन सुवास शाह रहनुभएको छ । सिरिजको गीतमा दीपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वरले स्वर दिनुभएको छ । शहर केन्द्रीत कलेज प्रेमकथामा निर्माण हुने सिरिज साउन २८ गतेबाट छायांकन हुनेछ । सिरिज छिट्टै दर्शकले हेर्न पाउने निर्देशक कोइरालाले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts