
काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा फाउण्डेसन अफ जिम्न्याष्टिक कोर्स मंगलबारदेखि सुरु हुने भएको छ । प्रशिक्षकका लागि लक्षित कोर्समा नेपालसहित आठ राष्ट्रका २४ जनाको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जानकारी दिनुभयो ।
कोर्समा नेपालबाट सर्वाधिक १३ जनाको सहभागिता रहनेछ । बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट समान दुई-दुई जनाले भाग लिनेछन् । न्युजिल्याण्ड, भारत र मलेसियाबाट समान एक-एकजना सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय जिम्न्याष्टिक महासंघ र एसियाली जिम्न्याष्टिक युनियनको सहयोगमा हुन लागेको कोर्स भक्तपुरमा पाँच दिनसम्म चल्नेछ । विज्ञहरू ब्राजिलका मार्को एन्टोनियो, जापानका अराकी तात्सु र अष्ट्रेलियाकी क्याट्रिनाले सहभागीलाई प्रशिक्षण दिनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच