काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टी-२० आई वरीयतामा ओपनर आसिफ शेखको सुधार भएको छ । टी-२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औँ हुनुहुन्छ । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड हुनुहुन्छ । दुवै खेलाडीको अंक समान ४३१ छ ।
टी-२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औँ र दीपेन्द्र सिंह ऐरी ४६औँ स्थानमा यथावत् हुनुहुन्छ । भारतका ऋतुराज गायकवाडले एकै पटक १३ स्थान सुधार गर्दै सातौँ स्थानमा हुनुहुन्छ । अष्ट्रेलियाका ट्रविस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंग्ल्याण्डका फिलिप साल्ट तेस्रो स्थानमा रहनुभएको छ ।
बलिङतर्फ टी-२० आई वरीयतामा दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाउनुभएको छ । दीपेन्द्र ३ स्थान तल झर्दै १००औँ स्थानमा हुनुहुन्छ । त्यस्तै, सोमपाल कामी दुई स्थान तल झर्नुभएको छ । सोमपाल ९४औँ स्थानमा पुग्नुभएको छ ।
टी–२० आई अलराउण्डरतर्फ वरीयतामा दीपेन्द्रसिंह ऐरी सातौँ, कुशल मल्ल ३६औँ, गुलशन झा ६९औँ, कुशल भुर्तेल ७१औँ र करण केसी ७५ औँ स्थानमा यथावत् हुनुहुन्छ । रोहित पौडेल एक स्थान तल झर्दै ५५औँ स्थानमा पुग्नुभएको छ ।
ओडिआईमा नेपालको दुई स्थान खस्किएको छ । पछिल्लोपटक २ जुलाईमा भएको अपडेटअनुसार नेपाल १७औँ स्थानमा पुगेको छ । नेपालभन्दा पछि ओमान १८औँ, अमेरिका १९औँ र युएई २०औँ स्थानमा छन् । नामिविया १६औँ र क्यानडा दुई स्थान सुधारका साथ १५औँ स्थानमा छ । टी-२० आई वरीयतामा अघिल्लो हप्ताको अपडेटअनुसार नेपाल १७औँ स्थानमा यथावत् छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts