काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ । विभिन्न चरणको छनोट पार गरेर आएका खेलाडीहरूमध्येबाट यू-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ र टेक्निकल टिमका सदस्यले ४० जनालाई बन्द प्रशिक्षणका लागि छनोट गर्नुभएको हो ।
आसन्न साफ यू-२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि टिम निर्माण गर्न एन्फाले खुला छनोट कार्यक्रम सञ्चालन गरेको थियो ।
बन्द प्रशिक्षणका लागि छानिएका सबै खेलाडीलाई यही असार २९ गते शनिबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पर्क गर्न संघले आग्रह गरेको छ ।
साफ यू-२० च्याम्पियन अगष्ट १६ देखि २८ सम्म नेपालमा हुँदैछ । उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंका समूह ‘ए’ मा छन् ।
यस्तै एएफसी यू-२० एसियन कप छनोट सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ । यसमा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँगै नेपाल समूह ‘बी’ मा छ । यस समूहको खेल चाइनिज ताइपेईमा हुने एएफसीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts