एजेन्सी । अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले आइसिसी ट्वान्टी-२० विश्वकपमा लगातार हृयाट्रिक विकेट लिनुभएको छ । सुपर-८ अन्तर्गत आइतबार बिहान अफगानिस्तानविरुद्ध उहाँले दोस्रो हृयाट्रिक विकेट लिनुभएको हो ।
यसअघि उहाँले बंगलादेशविरुद्ध पहिलोपल्ट हृयाट्रिक विकेट लिनुभएको थियो । अफगानिस्तानविरुद्ध चार ओभर बलिङ गर्नुभएका उहाँले २८ रन खर्चिएर हृयाट्रिक विकेट लिनुभयो । योसँगै कमिन्स ट्वान्टी-२० विश्वकपमा लगातार दोस्रोपटक हृयाट्रिक विकेट लिने पहिलो खेलाडी बन्नुभएको छ । बंगलादेशविरुद्ध उहाँले २९ रन खर्चिएर हृयाट्रिक पूरा गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements