मुगु । मुगु जिल्लास्थित सोरु गाउँपालिकाले आफ्नो १४ औँ गाउँसभाबाट ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १४ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक बर्ष २०८१/०८२ का लागि कुल ५३ करोड ६१ लाख २ हजार ९६ रुपैयाँ बजेट प्रस्तुत गर्दै सार्वजनिक गर्नु भएको हो ।
पालिकाले अघिल्लो चालु आर्थिक बर्ष २०८०/०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो बर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बजेट बढी ल्याएकोब छ ।
उक्त कुल प्रस्ताविक बजेट मध्ये पूँजीगत तर्फ २२ करोड ८४ लाख ७० हजार रहेको छ भने चालु तर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिनु भयो ।
पालिकाको आन्तरिक श्रोतमा ५० लाख बजेट प्रस्तुत गरिएको छ । अघिल्लो बर्ष ३३ लाख आन्तरिक श्रोत प्रस्ताव गरिएको थियो ।
आर्थिक बर्ष २०८१/०८२ को बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण रैथाने बाली प्रर्बधन सुचना प्रबिधि लैगिंक हिसा न्यूनिकरण जस्ता कार्यक्रमलाई बजेटमा बिशेष प्राथमिकता दिइएको छ ।
सोरु गाउँपालिकाको १४ औं बजेट अधिबेसन सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
नीति तथा कार्यक्रममा ११ वटै वडा तहका बस्तीस्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ,ग्रामिण बिद्युतीकरण, बिद्यालय भवन निर्माण, सबै वडातह बाटै स्थानीयको सेवाप्रबाह हुने गरि पूर्बाधार निर्माणको ब्याबस्था उल्लेख गरिएको अध्यक्ष शाहीले बताउनु भयो । उहाँले भन्नुभयो 'पालिका भित्र आवासिय बिद्यालय संचालन गर्न र तारापानीमा निमार्णाधिन १५ शैया अस्पताल संचालन गर्न नीति तथा कार्यक्रममा योजना उल्लेख गरेका छौँ ।'
नीति तथा कार्यक्रममा ग्रामिण पर्यटन प्रर्बधनलाई जोड, यस गाउँपालिका भित्र पुरातात्विक महत्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिर भीई गुरामन्दिर लगायत जीर्णेद्धार, जिमा कुलाहाँ तातोपानीलाई पर्यटकिय स्थलमा बिकास गर्न बिशेष जोेड दिइएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले जानकारी गराउनु भयो ।
पालिकाले खेलकुद क्षेत्रको प्रर्बद्धन र विकास गर्न नीति तथा कार्यक्रम उल्लेख गरेको छ । पालिका भित्रका धार्मिक पर्यटन पदमार्ग निर्माण, बिरामीका निम्ति एम्बुलेन्स संचालन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । १४ औं गाउँसभामा पालिका केन्द्र पनि निर्धारण गर्ने तयारी गरिएको छ ।
संघीय सांसद ऐनबहादुर शाहीले उदघाटन गर्नु भएको सोरु गाउँपालिकाको १४ औँ गाउँसभामा प्रदेश सभासद मंगलबहादुर शाही विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements