लण्डन । नेदरल्याण्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने हुनुभएको छ । रोनाल्ड कोम्यानको टोलीले अन्तिम अभ्यास खेलमा आइसल्याण्डलाई ४-० ले हराएपछि डच फुटबल संघले बार्सिलोनाका स्टार जर्मनीमा हुने युरोकपमा उपलब्ध नहुने घोषणा गरेको हो ।
२७ वर्षीय डी जोङ कुर्कुचाको चोटबाट निको हुन संघर्ष गरिरहनुभएको छ । गत मार्चमा चोट लागेयता उहाँले स्पेनिस क्लब बार्सिलोनाका लागि मात्र तीन खेल खेल्नुभएको छ ।
चोट निको हुने आशामा प्रशिक्षक रोनाल्ड कोम्यानले डी जोङलाई टोलीमा समावेश गर्नुभएको थियो । तर, डी जोङ पूर्णरूपमा ठीक नभएका कारण जोखिम लिन नचाहेको डच फुटबल संघले जनाएको छ ।
युरोपियन च्याम्पियनसिप जुन १४ देखि जर्मनीमा सुरु हुँदैछ । नेदरल्याण्ड्सले जुन १६ मा पोल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता