जर्मनी । बायर लेभरकुसन जर्मन कप (डिएफबी पोकल)को च्याम्पियन बनेको छ । काइसर स्लाउटर्नविरुद्ध १-० को कठिन जित निकाल्दै लेभरकुसनले उपाधि जितेको हो । बर्लिनस्थित ओलम्पिया रंशालामा शनिबार बाय लेभरकुसनलाई जित दिलाउन ग्रानिट जाकाले निर्णायक गोल गर्नुभयो ।
खेलको १६औँ मिनेटमा जाकाले पोनाल्टी बक्सबाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । रक्षक ओडिलोन कोसौनोउले ४४औँ मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि लेभरकुसन १० खेलाडीमा सीमित भएको थियो ।
तर, काइसर खेलमा फर्किन सकेन । यो लेभरकुसनको दोस्रो जर्मन कप उपाधि हो । यसअघि क्लब सन् १९९३ मा च्याम्पियन बनेको थियो । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts