काठमाडौं । आइसिसी टी–२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ। पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न दोस्रो खेलमा २७ रनले विजयी भएको हो।
सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोड्दा कुशल भुर्तेलले २३ रन बनाए। गुल्सन झा १४ रनमा आउट हुँदा आशिफ शेख १, अनिलकुमार शाह ४ रनमा आउट भए। कुशल मल्लले मात्र २ रन जोडे। सन्दीप जोरा र सोमपाल कामीले नटआउट समान १२(१२ रन जोडे। पूरै २० ओभर खेल्दै नेपालले ६ विकेट गुमाएर १२३ रन बनाएको थियो।
१२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले मात्र १० रन दिएर तीन विकेट हात पारे। सोमपाल कामीले दुई विकेट लिँदा रोहितकुमार पौडेल, अविनास बोहोरा र सागर ढकालले समान एक/एक विकेट हात पारे।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता