काठमाडौं । साहित्यकार रमेश शुभेच्छुको नेतृत्वमा साहित्यिक भेटघाट तथा रचना वाचन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । चाबहिलमा सम्पन्न उक्त कार्यक्रममा बेलायतमा रहेर नेपाली साहित्यको उन्नयनमा योगदान दिँदै आउनुभएकी सीता घिमिरे पौडेललाई सम्मान गरिएको थियो ।
अनौपचारिकरूपमा आयोजित उक्त कार्यक्रममा साहित्यकारहरू गायत्रीकुमार चापागाईं, विनोद दाहाल ‘वत्स’, नारायण नेपाल, एमपी पाण्डे तथा नयाँ पुस्ताका सरस्वती घिमिरे खनाल, भावना घिमिरे सिंखडा, कौशिला तामाङ, ललिता कार्की, रिमा मोक्तान, पिरियाकुमारी कुँवर, कृष्णा खतिवडालगायतका साहित्यकारहरूको उपस्थिति थियो । कार्यक्रममा समसामयिक साहित्यको अवस्थाबारे विमर्श गर्नुका साथै रचना वाचनसमेत गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts