काठमाडौं । मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्छर्ना’ मुक्तक सङ्ग्रह सार्वजनिकीकरण भएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिव्यशताब्दी पुरुष एवं राष्ट्रिय मानअधिकार आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासलगायतले ‘मन मूच्र्छना’ को लोकार्पण गर्नुभयो ।
सो अवसरमा अधिकारकर्मी दासले कृतिमा समावेश मुक्तक समसामयिक, रोचक र घोचक रहेको बताउनुभयो । वरिष्ठ कवि एसपी कोइरालाले मुक्तक सिर्जना आफैँ कठिन र चुनौतीपूर्ण विषय रहेको बताउँदै दिव्य शताब्दी पुरुष प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुनु नै पनि विशिष्ट अवसर हो भन्नुभयो ।
सभाध्यक्ष प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘मन मूच्छर्ना’ का स्रष्टाका शब्दमात्र नभई व्यक्तित्वसमेत सालिन र सरल रहेको बताउनुभयो । उहाँले एक प्रसङ्गमा भन्नुभयो, “लेख र साहित्यलाई अहिले मुलुकमा रगतको सौन्दर्यसँग जोड्ने भन्ने विचित्रखाले सोच अघि बढेको छ, जुन विडम्बनापूर्ण छ ।”
कृतिमा केही भाषिक त्रुटि रहेकाले आगामी दिनमा सच्याउँदै लैजान सुझाव दिँदै वरिष्ठ पत्रकार दाहालले कतिपय कवितामा लेख्नेलाई जति पढ्नेलाई थाहा हुन्न, तर पढ्नेलाई थाहा हुन्न भन्ने लेखकले सोच्न नहुने विचार प्रकट गर्नुभयो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले थोरै शब्द र भावमा धेरै भन्न सकिने हुनाले मुक्तकले साहित्य विधामा बेग्लै विशिष्ट पहिचान बोकेको बताउनुभयो ।
कृतिका स्रष्टा पौडेलले आफ्नो ७० औँ जन्मोत्सवको अवसर पारेर प्रकाशन गरेको कृतिमा समावेश मुक्तक सिर्जनाका परिवेशबारे बताउनुभयो । उहाँका यसअघि मझधार कविता सङ्ग्रह तथा मन सिन्धु र मनशिला मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
कृतिको समालोचना गर्दै समालोचक घनेन्द्र ओझाले गाउँको परिवेश, राज्यका समसामयिक विषयमा देखेको, भोगेको, सुनेको र अनुभूति गरेका विषयलाई स्रष्टाले सरल भाषामा परिस्कृत र गुणस्तरीय ढङ्गले मुक्तक प्रस्तुत गर्नुभएको बताउनुभयो ।
अर्का समालोचक केदारनाथ खनालले सरल भाषा र मुक्तकीय संरचनाका सबै विषयवस्तुको पालनासहितका मुक्तक मीठो भाषा र झिल्का दिने रहेको प्रतिक्रिया दिनुभयो ।
समालोचक गोविन्दराज विनोदीले तरल, सरल, मुक्तकीय अभिव्यक्तिद्वारा स्रष्टाले समाजमा एकता, न्याय, समता, समृद्धि र शान्तिको स्थापना होस् भन्ने चाहनुभएको बताउनुभयो ।
उहाँले भाषा, साहित्य तथा संस्कृति प्रेम, पुर्खाहरूको गैरवगाथाको सम्झना, नेपालीको कर्तव्य, देशबन्धुत्वको स्मरण मुक्तकमा पाइने बताउनुभयो । अर्का समालोचक रामबाबु घिमिरेले मुक्तककार पौडेल विचारलाई पनि भावनामा रुपान्तरित गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।
अवारण प्रकाशक रही मूल्य रु तीन सय कायम गरिएको उक्त कृतिमा बेथिति, भ्रष्टाचार, रमाइला प्रेम प्रसङ्ग र सांस्कृतिक विचलनसहित दुई सय ४८ मुक्तक समावेश छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts