काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुनेछ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।







