काठमाडौं । साउदी टूरमा रहेको इन्टर मियामीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरसँग इन्टर मियामी ६–० ले पराजित भएको छ ।
अल नासरका लागि टालीस्काले ह्याट्रिक गरे । त्यस्तै ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।
इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो ।
यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् । भने लियोनेल मेसी ८४औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts