दयाहाङले एक वर्ष नयाँ फिल्म साइन नगर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं– अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताउनु भएको छ ।

एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उहाँले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताउनु भएको हो ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उहाँले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहनु भएको छ ।

ADVERTISEMENT

माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सक्नुभएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सक्नु हुनेछ । अर्को महिना भने उहाँले घर ज्वाइँलाई समय दिनु भएको छ ।

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *