खोटाङ । खोटाङको नेर्पामा सम्पन्न ‘दोश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल’ प्रतियोगितामा दोर्पा चिउँरीडाँडा च्याम्पियन बनेको छ ।
नेर्पा स्पोर्टस क्लब नेर्पाको आयोजनामा क्लबको खेलमैदान नेर्पामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा आयोजक नेर्पा स्पोर्टस क्लब (बि)लाई १-२ गोल अन्तरले पराजित गर्दै दोर्पा स्पोर्टस क्लब दोर्पा चिउँरीडाँडा च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको दोर्पा चिउँरीडाँडाले नगद एकलाख ५० हजार र उपविजेता नेर्पाले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा दोर्पाका तर्फबाट बिजु भुजेलले दुईगोल गरेका थिए । नेर्पाका तर्फबाट सुरज राईले एक गोल गरेका थिए ।
सेमिफाइनलिष्ट भएका रतन्छा स्पोर्टस क्लब र दोर्पा स्पोर्टस क्लब बुवासुङले २५-२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी दोर्पाका बिजु भुजेल भए । भुजेलले ५ हजार नगद पुरस्कार पाएका छन् । वेष्ट कोच दोर्पाका दिपेश राई भए । उनले २५०० पुरस्कार पाए ।

हाईस्कोरर दोर्पाकै विकी राई भए । उनले ४ हजार पाए । वेष्ट डिफेण्डर नेर्पाका शरद गुरुङ, वेष्ट स्ट्राइकर नेर्पाकै सुनिल खड्का, वेष्ट मिड फिल्डर दोर्पाका शरद राई, राइजिङ प्लेयर नेर्पाका प्रजल गुरुङ र वेष्ट गोल रक्षक नेर्पाकै बादल राई भए । उनीहरुले जनही दुई हजार ५०० सँगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिता २२ पुसदेखि सुरु भएको थियो । प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए । विजेतालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार र विधागत पुरस्कार वितरण गर्नुभएको थियो ।
पहिलो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल’ प्रतियोगितामा भोजपुर खावा च्याम्पियन बनेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा