काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका फोरमेन विर्जुकुमार महतोविरुद्ध मुद्दा दायर गरेको छ । महतोविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
प्रवक्ता दाहालका अनुसार महतो एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिएबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा गत भदौ १९ गते पक्राउ परेका थिए । आरोपी महतोलाई २५ हजार बिगो कायम गरी सोहीबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts