काठमाडौं । उसुका विजय सिन्जाली र एरिका गुरुङ १९औँ एनएनआइपिए स्पोट्र्स अवार्ड-२०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत हुनुभएको छ । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत हुनुभएको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यक्रममा विजय र एरिकालाई जनही एक लाख नगदसहित ट्रफी प्रदान गरियो ।
प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमती विष्ट पुरस्कृत हुनुभयो । दुवैले ट्रफीसहित समान ५०-५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयोे । तेक्वान्दोकी पलेशा गोवद्र्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित नगद १५ हजार रुपैयाँ प्रदान गरियो ।
गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित हुनुभयो । दुवैले प्रशंसा पत्रसहित समान ३५–३५ हजार नगद पुरस्कार पाउनुभयो ।
उक्त अवार्डबाहेक विभिन्न २९ खेलका उत्ति नै खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । अवार्ड प्राप्त गर्नेमा आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोट्र्सका श्याम महर्जन, इ-स्पोट्र्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, हृयाण्डबलकी संगीता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमती विष्ट, कराँतेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वस्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली रहनुभएको छ । यी खेलाडीमध्येबाटै सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडीको अवार्ड प्रदान गरिएको हो । उत्कृष्ट सबैले ट्रफीसहित समान १०-१० हजार नगद पुरस्कार पाए ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, स्थानीय आयोजकसमेत रहेको तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा