काठमाडौं । अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । यो सँगै अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ ।
दक्षिण अफ्रिका यस अघि नै फाइनल प्रवेश गरी सकेको छ भने अस्ट्रेलिया पनि भारतसँगको शृङ्खलामा ३–१ को सफलता पाउँदै टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
शृङ्खलामा कप्तान जसप्रित बुमराहको चोटको फाइदा उठाउँदै अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको हो १६२ रनको लक्ष्य ४ विकेटको क्षतीमा पुरा गर्ने क्रममा बेउ वेबसेटरले अविजित ३९ तथा ट्रेभिस हेडले ३४ रनको योगदान गरे । वेब सेटरको यो पहिलो टेस्ट हो । उनले पहिलो पारीमा अस्ट्रेलियाका लागि सबै भन्दा धेरै रन प्रहार गरेका थिए ।
पहिलो पारीमा भारत १८५ रनमा सीमित भएको थियो । अस्ट्रेलिया पनि १८१ रनमा नै समेटिए पछि टेस्ट रोमाञ्चक बनेको थियो । भारत दोस्रो पारीमा १५७ रनमा रोकिएको हो ।
अस्ट्रेलियाले पनि ३९ रनमा चौथो विकेट गुमाए पछि भारतको विजयी हुने सम्भावना देखिएको थियो । प्रसिद्ध कृष्णले सुरुवाती ३ विकेट लिएका थिए । उनले पहिलो पारीमा पनि ३ विकेट लिएका थिए ।
यस टेस्टमा जोस हेजलउडको स्थानमा टोलीमा मौका पाएका स्कट बोल्यान्डले २ पारीमा गरी कुल १० विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता