काठमाडौं । कीर्तिपुरको पुष्प सदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालयस्तरीय चेस तथा टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गर्दै यही पुस २७ देखि २९ गतेसम्म पुष्प सदन अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता-२०२५ आयोजना गर्ने जानकारी दिएको हो ।
यस्तै, आगामी माघ २४ देखि २६ गतेसम्म विभिन्न उमेर समूहमा काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय टेबुलटेनिस प्रतियोगिता आयोजना गर्ने पुष्प सदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो । यही २७ गतेबाट तीन दिनसम्म पुष्प सदनकै विद्यालय परिसरमा हुने बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३०० जना खेलाडीको सहभागिता रहने विद्यालयका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले भारत, बंगलादेश, श्रीलंका तथा चीनजस्ता छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरिएको थियो । जसमा सिक्किमबाट १० जना खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नेपालबाहिरबाट सहभागी हुन आउने खेलाडीहरूलाई दर्ता शुल्कमा समेत सहुलियत प्रदान गर्नेछ । नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा ११ वर्षमुनि, १३ वर्षमुनि, १५ वर्षमुनि उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा