काठमाडौं । आइओई पुल्चोक गल्र्सको आयोजनामा आज (शनिबार) ‘थर्ड इमप्याक्ट म्याराथन’ हुँदैछ । पुल्चोक क्याम्पसमा अध्ययनरत २७ जना छात्राहरू भएको यस संस्थाले पछिल्लो दुई वर्षदेखि आयोजना गर्दै आएको म्याराथनलाई अफिट स्टुडियोले सहकार्य गर्दैछ ।
आइओई पुल्चोक क्याम्पस गल्र्सका अध्यक्ष बेन्जिना ढकालका अनुसार सात किलोमिटरको खुला म्याराथन पुल्चोक क्याम्पसको ग्राउण्डबाट सुरु भएर सोही ठाउँमा पुगेर सकिनेछ ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता