
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा हुने एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा भएको छ । १९औँ संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराउनुभयो ।
विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिनेछ । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएका २९ खेलबाट त्यत्ति नै संख्यामा खेलाडीलाई पुरस्कृत गरिनेछ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यिनै २९ खेलाडीबाट समान एक/एक पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक/एक लाख नगदबाट सम्मान गरिनेछ । समान एक/एक पुरुष/महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिनेछ ।
पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआइपिए खेल पत्रकारिता पुरस्कारस्वरूप एक/एक जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिनेछ । एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानबापत १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । अवार्डका लागि तारकेश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच