एलिट कप : सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् ।

ADVERTISEMENT

साथै इशान पाण्डे, विपीन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जय ट्रफी मेन्स एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
1 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *