काठमाडौं । यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टाेलीकाे घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टाेलीकाे घोषणा गरेको हो ।
मलेसियामा १८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाली टाेलीको नेतृत्व पूजा महतोले गर्नेछिन् ।
सोनी पार्खिनले उपकप्तानको जिम्मेवारी पाएकी छिन् भने १५ सदस्यीय नेपाली टाेलीमा महतो, पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता